साहित्य

विश्वका सामु नेपाली सर्वाङ्ग नाङ्गियौं सब

विश्वका सामु नेपाली सर्वाङ्ग नाङ्गियौं सब

हाम्रा सांसद नेपाली नामका मात्र छन् तर,

यता हैन उतै आफ्ना आफ्नै छन् जन्मका घर ।

यताका पनि छन् केही तर ती मद्यका भर,

परेर ध्वस्त पार्दैछन् डढाई पितृको घर ।

बनाउँछौं भनी देश जनता मात्र ठग्दछन्,

सौताका रिसले आफ्नै पोइको काख हग्दछन् ।

उनी वानर हुन् भन्ने नबुझेर दियौं मत,

आफ्नै कुर्सीहरू भाँची फ्याँक्ता पो चिनिए स्वतः ।

संविधान बने भाँडभैलो गर्न नपाइने,

अराजक भई कुर्सी पनि भाँच्न नपाइने ।

सभासद भई भत्ता कुल्याउन नपाइने,

देश टुक्र्याउने झेल खेल खेल्न नपाइने,

हुनाले जे गरे ठीक भन्नु मात्र रह्यो अब,

विश्वका सामु नेपाली सर्वाङ्ग नाङ्गियौं सब ।

Standard

Leave a comment