कविता

प्यारो थियो सुन्दर बाल्यकाल ।

प्यारो थियो सुन्दर बाल्यकाल ।

इलाम मेरो घर तोरिबारी,

सुरम्य चारैतिर बाँसघारी ।

(घेरेर बस्छन् जहिल्यै पहाड,)

वसन्तमा कोकिलको कमाल,

प्यारो थियो सुन्दर बाल्यकाल ।

म भन्दथें छैन पिता समान-

बलिष्ठ अग्लो र सुरो जवान ।

आएन कैल्यै झुट, छद्म जाल,

प्यारो थियो सुन्दर बाल्यकाल ।

गुच्चा तथा डन्डिबियो र घ्वाइँ

खेल्थ्यें सुरेली म खुबै रमाई ।

पठाउँथ्यो शीतलता हिमाल,

प्यारो थियो सुन्दर बाल्यकाल ।

लाग्थ्यो मलाई सम लोष्ठ-स्वर्ण,

हुन्थें म आना जतिमा प्रसन्न ।

कुडिन्नथ्यो यो मन-सत्तिसाल,

प्यारो थियो सुन्दर बाल्यकाल ।

रुन्थें म, तत्काल खितित्त हाँस्थें,

टाँकी तथा गोगन घाँस छ्याँस्थें ।

खान्थें मीठो ओलन, भात-दाल,

प्यारो थियो सुन्दर बाल्यकाल ।

म बाल-नेता, तर स्वार्थ लेश,

एकै थियो बाहिर-भित्र वेश ।

संझन्छु, यो चित्त थियो विशाल,

प्यारो थियो सुन्दर बाल्यकाल ।

 

Advertisements
Standard
कविता, लेख, व्यङ्ग्य कविता, समालाेचना, Literature, Uncategorized

अाैद्भिदीय उद्यान, पिपल, तुलसी र म

अाैद्भिदीय उद्यान, पिपल, तुलसी र म

मास कार्तिकको तीस गते, बार थियो बुध,
उद्यान वाटिका हेर्ने जुरेछ दिन त्यो शुभ ।

छोरी पुण्यप्रभा, ज्वाइँ गोपी कट्टेल साथमा
वासिङ्टन गयाैं हामी बोकी कलम हातमा ।

सारा आवहवा शीत थियो उद्यान बाहिर,
जब भित्र पस्याैं हामी शीत भाग्यो कतातिर ।

शीतोष्ण एकता सोही उद्यानभित्र झल्कियो,
यो देखेपछि नेपाल-भित्रको दल टल्कियो ।

आङ्लमा यसको नाम बोटानिकल गार्डन
भन्छन् जिब्रो बटारेर बाैठनीखल गाडन ।

विशाल गृह-उद्यान अति नै छ व्यवस्थित
धेरै दुर्लभ वृक्षादि रोपिएका यतस्तत ।

यो वासिङ्टनको शोच सयाैं वर्ष अगाडिको
उद्यान स्थापना वर्ष अठारसय वीस हो ।

विभिन्न जातका धेरै वनस्पतिहरू यहाँ,
एउटै घरमा बस्छन् झगडा नगरी जहाँ ।

प्रजाति कति छन् भन्ने जिज्ञासा यसले लियो
त्यहाँ फलकमा साठी हजार अङ्क देखियो ।

उल्लेख्य वाटिका केही नामाङ्कन म गर्दछु,
थोरै भए पनि ज्ञान दिन्छ होला म ठान्दछु ।

वानस्पतिक उद्यान मुख्य उद्यान हो यहाँ,
जल, पर्जन्य उद्यान, पाक उद्यान छन् जहाँ ।

पतङ्ग-पुष्प उद्यान त्यसमै छ समाहित
विश्व-यात्रिकलाई नै यसले पार्छ मोहित ।

यहाँ विभिन्न उद्यान शिक्षाका कक्ष भेटिए,
अनुसन्धानका लागि सन्दर्भ स्रोत देखिए ।

हजाराैं अनुसन्धाता अनुसन्धान खातिर
आउँदा, व्यस्त देखिन्छ यो उद्यान निरन्तर ।

संरोपित त्यहाँ धेरै नेपालीय वनस्पति,
देखेर चित्त यो मेरो आनन्दित भयो अति ।

हेर्दै जाँदा त्यहाँ देखें नेपाली वर-पिप्पल
झुकाई शिर ढोगेंछु जोडी आफ्ना दुवै कर ।

एकै साथ थिएनन् ती पवित्र वर-पिप्पल-
मनमा खुल्दुली जागी सोधियो, किन बेगल !

पातमा आँसु राखेर तल थोपा चुहाउँदै
भन्न थालिन् पिप्पलले व्यथा-गाथा सुनाउँदै ।

नेपालमा सँगै हाम्रो, चाैतारीमा थियो घर,
बस्तथ्याैं कुम जोडेर काम अासक्ति बेगर ।

हाम्रो पवित्रता देखी प्रत्येक शनिवासर,
पुज्दथे गाउँले अार्इ हामीलार्इ सधैंभर ।

प्रेमी र प्रेमिका अार्इ माग्थे उद्वाहको वर,
तथास्तु भन्दथ्याैं हामी हल्लार्इ पात पर्फर ।

धर्मात्मा एक अाएर बुझी हाम्रो मनस्थिति,
राम्रो लगन हेरेर तोके उद्वाहको मिति ।

शास्त्रीय विधिले हाम्रो भयो उद्वाह त्यो दिन,
अाधिकारिक प्रारम्भ भयो दाम्पत्य जीवन ।

गर्याैं नछुट्टिने वाचा हामीले जिन्दगी भर,
त्यसैले परसेवामा रहन्थ्याैं तित्य तत्पर ।

बाँधी लगनको गाँठो दुवै हामी वधू-वर
गर्दथ्यौं अरुकै काम निस्वार्थ भावले, तर ।

पक्षीहरू त्यहाँ आई बस्दथे संझिर्इ घर
भन्दथ्याैं यसबाहेक अर्को सत्कर्म के छ र !

त्यही भारी बिसाएर भरिया गीत गाउँथे,
उकालीको भुली पीर त्यहीँ कोही निदाउँथे ।

त्यहीं मालसिरी बोल्थे, असारे गाउँथे त्यहीं
हुन्थ्यो त्यहीं धान नाच, मारुनी नाच्दथे त्यहीं ।

त्यहीं बालुन दोहोरी साेरठी गाउँथे कुनै,
सँगिनी डडिंया फागु रोइला गाउँथे कुनै ।

गह्राैं ढाकर बोकेरै कोही गुनगुनाउँथे,
कुर्र कुर्र गरी कोही पक्षी भुर्र उडाउँथे

देहको पसिनालाई पङ्खा हम्की सुकाउँथ्याैं
बटुवाका व्यथा पीर हामी आफैं भगाउँथ्याैं ।

हाम्रो त्यो गुन संझेर ढोग्दथे भरिया जन
पर्वमा सब आएर गर्थे भजन कीर्तन ।

भरियाजनका सारा शीत-ताप भगाउँथ्याैं
माथ्लो बिसाउनी पुग्ने नयाँशक्ति जगाउँथ्याैं ।

आएपछि यहाँ, हाम्रो गाँठो लगनको छुट्यो,
हेर्न सम्म नि पाइन्न आशले जिन्दगी बित्यो ।

सधैं माइत संझेर रातमा अाँसु झार्दछाैं
दिउसाे त करैले नै हँसिलो मुख पार्दछाैं ।

प्रेमी र प्रेमिका छुट्टै राखिंदो रैछ जेलमा
त्यसै कारणले हामी पर्याैं आङ्गल खेलमा ।

सुनको पिंजडाभित्र थुनिएको सुगा भयौं,
मनभित्र रुँदै हामी सिङ्गो मुटु पगाल्दछाैं ।

नखार्इ सिकटे, दुब्लो, पातलो नै भए पनि,
नेपाली वनमा बस्नु सारै आनन्द हुन्छ नि !

लामो अायु नहोस् चाँडै छोडाैं यो देह भन्दछाैं,
नेपालमा पुनर्जन्म हुने ती दिन गन्दछाै ।

भन्दै गर्दा पिप्पलले, जाेडी बाँधेर लस्कर
खैरे र खैरेनी आए अोठ चुस्दै परस्पर ।

भनिन् पिप्पलले यो त यिनको सभ्यता अरे,
यो छाडा सभ्यता हेरी हामीले बाँच्नुपर्छ रे ।

यसबारे अरू केही भन्दछु सुन कोमल,
आप्रवासीहरू थुन्ने युएस्से जेल हो बुझ ।

ल्याइयाैं बलले हामी वनस्पतिहरू, तर
स्वेच्छाले खित्किंदै आए प्राध्यापक र डाक्टर ।

भूगर्भवेत्ता शिक्षाविद् अभियन्ता र चिन्तक,
अधिवक्ताहरू आए, आए विज्ञान-पण्डित ।

हातको फल त्यागेर उताको त्यो मनोहर,
यहाँ आई परे जेल, निस्किंदैनन् कठैबर !

जिन्दगीभरको जेल, जन्मन्छन् जेल-सन्तति,
पछिका जेल-पुस्ताले के जान्लान् देश,संस्कृति !
तर हामी भने लाखाैंलाख पुस्ता बिते पनि,
आफ्नो संस्कृति छाड्दैनाैं जेलैभित्रै सडे पनि ।

सोधें, उद्यानमा के के औषधीय वनस्पति
उताबाट यता ल्याए भनिद्यौ श्वास-दायिनी !

असुरो, अमला,बेल, गुर्जो र वर पिप्पल
धतुरो, कुरिलो, जाई, पारिजात र थाकल ।

हलेदो तुलसी, निम उन्यु, मोथे र कर्कलाे
सयपत्री, तितेपाती, घोडताप्रे तथा दुबो ।

नेपालका सबै प्राय वनस्पतिहरू यहाँ-
छन् सबै तिनको नाम आउँदैन दिमागमा ।

सुनी पिप्पलका वाक्य गरें पूर्वीय चिन्तन,
धन्यवाद दिएँ धेरै माइती म बनीकन ।

भने मनमनै तिम्रा आफ्ना आत्मीय पूजक
नेपालका सबैलाई भन्नेछु म गई अब ।

सम्भावना जेल छुट्ने भएनछ भने पनि,
पुनर्जन्म उतै हुन्छ तिम्राे हे स्वास्थ्य-दायिनी ।

यो सुनेपछि ती वृक्षबाट अाँसु झर्यो तल,
हर्षाश्रु संझिएँ, चित्त सारै गद्गद भो तब ।

घुम्दै जाँदा पूजनीय तुलसा जब देखियो,
बासिल नाम छेवैमा कसरी किन लेखियो ?

भन्ने सोच्दै थिएँ हेरी, आयो वासन मग्मगी
ठूली गरें, भने देवी ! सारै पवित्र छ्यौ तिमी !

देह मोटो थियो, मान-सम्मान शून्यमा थियो
भिडियो चित्र खिच्नेको त्यहाँ भिड ठूलो थियो ।
थिएन तुलसी मोठ न त पूजक नै थियो,
सबैका हातमा फोटो खिच्ने यन्त्र भने थियो ।

पिंजराको सुगाजस्तो नित्य नै थुनिए पनि,
गुणीको गुण जाँदैन वास्ना छर्छिन् सधै यिनी ।

हर्ष चिन्ता दुवै बोकी श्रद्धाले निहुरीकन
तलको श्लोक संझेर फर्क्याैं घर उसै दिन ।

छैनन् बान्धव, सम्मान-प्रेम हुन्न भने जहाँ
हुदैन बस्नु ज्ञानीले एकै रात पनि त्यहाँ ।

यस्मिन् देशे न सन्मानो न प्रीतिर्न च बान्धवाः
एक रात्र्यावधिस्तत्र नवसेत् ज्ञानवान्नर ।

Standard
Uncategorized

वानस्पतिक उद्यान, पिपल, तुलसी र म

वानस्पतिक उद्यान, पिपल, तुलसी र म

मास कार्तिकको तीस गते, बार थियो बुध,

उद्यान वाटिका हेर्ने जुरेछ दिन त्यो शुभ ।

छोरी पुण्यप्रभा, ज्वाइँ गोपी कट्टेल साथमा

वासिङ्टन गयाैं हामी बोकी कलम हातमा ।

सारा आवहवा शीत थियो उद्यान बाहिर,

जब भित्र पस्याैं हामी शीत भाग्यो कतातिर ।

शीतोष्ण एकता सोही उद्यानभित्र झल्कियो,

यो देखेपछि नेपाल-भित्रको दल टल्कियो ।

आङ्लमा यसको नाम बोटानिकल गार्डन

भन्छन् जिब्रो बटारेर बाैठनीखल गाडन ।

विशाल गृह-उद्यान अति नै छ व्यवस्थित

धेरै दुर्लभ वृक्षादि रोपिएका यतस्तत ।

यो वासिङ्टनको शोच सयाैं वर्ष अगाडिको

उद्यान स्थापना वर्ष अठारसय वीस हो ।

विभिन्न जातका धेरै वनस्पतिहरू यहाँ,

एउटै घरमा बस्छन् झगडा नगरी जहाँ ।

प्रजाति कति छन् भन्ने जिज्ञासा यसले लियो

त्यहाँ फलकमा साठी हजार अङ्क देखियो ।

उल्लेख्य वाटिका केही नामाङ्कन म गर्दछु,

थोरै भए पनि ज्ञान दिन्छ होला म ठान्दछु ।

वानस्पतिक उद्यान मुख्य उद्यान हो यहाँ,

जल, पर्जन्य उद्यान, पाक उद्यान छन् जहाँ ।

पतङ्ग-पुष्प उद्यान त्यसमै छ समाहित

विश्व-यात्रिकलाई नै यसले पार्छ मोहित ।

यहाँ विभिन्न उद्यान शिक्षाका कक्ष भेटिए,

अनुसन्धानका लागि सन्दर्भ स्रोत देखिए ।

हजाराैं अनुसन्धाता अनुसन्धान खातिर

आउँदा, व्यस्त देखिन्छ यो उद्यान निरन्तर ।  

संरोपित त्यहाँ धेरै नेपालीय वनस्पति,

देखेर चित्त यो मेरो आनन्दित भयो अति ।

हेर्दै जाँदा त्यहाँ देखें नेपाली वर-पिप्पल

झुकाई शिर ढोगेंछु जोडी आफ्ना दुवै कर ।

एकै साथ थिएनन् ती पवित्र वर-पिप्पल-

मनमा खुल्दुली जागी सोधियो, किन बेगल !

पातमा आँसु राखेर तल थोपा चुहाउँदै

भन्न थालिन् पिप्पलले व्यथा-गाथा सुनाउँदै ।

नेपालमा सँगै हाम्रो, चाैतारीमा थियो घर,

बस्तथ्याैं कुम जोडेर काम अासक्ति बेगर ।

हाम्रो पवित्रता देखी प्रत्येक शनिवासर,

पुज्दथे गाउँले अार्इ हामीलार्इ सधैंभर ।

प्रेमी र प्रेमिका अार्इ माग्थे उद्वाहको वर,

तथास्तु भन्दथ्याैं हामी हल्लार्इ पात पर्फर ।

धर्मात्मा एक अाएर बुझी हाम्रो मनस्थिति,

राम्रो लगन हेरेर तोके उद्वाहको मिति ।

शास्त्रीय विधिले हाम्रो भयो उद्वाह त्यो दिन,

अाधिकारिक प्रारम्भ भयो दाम्पत्य जीवन ।

गर्याैं नछुट्टिने वाचा हामीले जिन्दगी भर,

त्यसैले परसेवामा रहन्थ्याैं तित्य तत्पर ।

बाँधी लगनको गाँठो दुवै हामी वधू-वर

गर्दथ्यौं अरुकै काम निस्वार्थ भावले, तर ।

पक्षीहरू त्यहाँ आई बस्दथे संझिर्इ घर

भन्दथ्याैं यसबाहेक अर्को सत्कर्म के छ र !

त्यही भारी बिसाएर भरिया गीत गाउँथे,

उकालीको भुली पीर त्यहीँ कोही निदाउँथे ।

त्यहीं मालसिरी बोल्थे, असारे गाउँथे त्यहीं

हुन्थ्यो त्यहीं धान नाच, मारुनी नाच्दथे त्यहीं ।

त्यहीं बालुन दोहोरी साेरठी गाउँथे कुनै,

सँगिनी डडिंया फागु रोइला गाउँथे कुनै ।

गह्राैं ढाकर बोकेरै कोही गुनगुनाउँथे,

कुर्र कुर्र गरी कोही पक्षी भुर्र उडाउँथे

देहको पसिनालाई पङ्खा हम्की सुकाउँथ्याैं

बटुवाका व्यथा पीर हामी आफैं भगाउँथ्याैं ।

हाम्रो त्यो गुन संझेर ढोग्दथे भरिया जन

पर्वमा सब आएर गर्थे भजन कीर्तन ।

भरियाजनका सारा शीत-ताप भगाउँथ्याैं

माथ्लो बिसाउनी पुग्ने नयाँशक्ति जगाउँथ्याैं ।

आएपछि यहाँ, हाम्रो गाँठो लगनको छुट्यो,

हेर्न सम्म नि पाइन्न आशले जिन्दगी बित्यो ।

सधैं माइत संझेर रातमा अाँसु झार्दछाैं

दिउसाे त करैले नै हँसिलो मुख पार्दछाैं ।

प्रेमी र प्रेमिका छुट्टै राखिंदो रैछ जेलमा

त्यसै कारणले हामी पर्याैं आङ्गल खेलमा ।

सुनको पिंजडाभित्र थुनिएको सुगा भयौं,

मनभित्र रुँदै हामी सिङ्गो मुटु पगाल्दछाैं ।

नखार्इ सिकटे, दुब्लो, पातलो नै भए पनि,

नेपाली वनमा बस्नु सारै आनन्द हुन्छ नि !

लामो अायु नहोस् चाँडै छोडाैं यो देह भन्दछाैं,

नेपालमा पुनर्जन्म हुने ती दिन गन्दछाै ।

भन्दै गर्दा पिप्पलले, जाेडी बाँधेर लस्कर

खैरे र खैरेनी आए अोठ चुस्दै परस्पर ।

भनिन् पिप्पलले यो त यिनको सभ्यता अरे,

यो छाडा सभ्यता हेरी हामीले बाँच्नुपर्छ रे ।

यसबारे अरू केही भन्दछु सुन कोमल,

आप्रवासीहरू थुन्ने युएस्से जेल हो बुझ ।

ल्याइयाैं बलले हामी वनस्पतिहरू, तर

स्वेच्छाले खित्किंदै आए प्राध्यापक र डाक्टर ।

भूगर्भवेत्ता शिक्षाविद् अभियन्ता र चिन्तक,

अधिवक्ताहरू आए, आए विज्ञान-पण्डित ।

हातको फल त्यागेर उताको त्यो मनोहर,

यहाँ आई परे जेल, निस्किंदैनन् कठैबर !

जिन्दगीभरको जेल, जन्मन्छन् जेल-सन्तति,

पछिका जेल-पुस्ताले के जान्लान् देश,संस्कृति !

तर हामी भने लाखाैंलाख पुस्ता बिते पनि,

आफ्नो संस्कृति छाड्दैनाैं जेलैभित्रै सडे पनि ।

सोधें, उद्यानमा के के औषधीय वनस्पति

उताबाट यता ल्याए भनिद्यौ श्वास-दायिनी !

असुरो, अमला,बेल, गुर्जो र वर पिप्पल

धतुरो, कुरिलो, जाई, पारिजात र थाकल ।

हलेदो तुलसी, निम उन्यु, मोथे र कर्कलाे

सयपत्री, तितेपाती, घोडताप्रे तथा दुबो ।

नेपालका सबै प्राय वनस्पतिहरू यहाँ-

छन् सबै तिनको नाम आउँदैन दिमागमा ।

सुनी पिप्पलका वाक्य गरें पूर्वीय चिन्तन,

धन्यवाद दिएँ धेरै माइती म बनीकन ।

भने मनमनै तिम्रा आफ्ना आत्मीय पूजक

नेपालका सबैलाई भन्नेछु म गई अब ।

सम्भावना जेल छुट्ने भएनछ भने पनि,

पुनर्जन्म उतै हुन्छ तिम्राे हे स्वास्थ्य-दायिनी ।

यो सुनेपछि ती वृक्षबाट अाँसु झर्यो तल,

हर्षाश्रु संझिएँ, चित्त सारै गद्गद भो तब ।

घुम्दै जाँदा पूजनीय तुलसा जब देखियो,

बासिल नाम छेवैमा कसरी किन लेखियो ?

भन्ने सोच्दै थिएँ हेरी, आयो वासन मग्मगी

ठूली गरें, भने देवी ! सारै पवित्र छ्यौ तिमी !

देह मोटो थियो, मान-सम्मान शून्यमा थियो

भिडियो चित्र खिच्नेको त्यहाँ भिड ठूलो थियो ।

थिएन तुलसी मोठ न त पूजक नै थियो,

सबैका हातमा फोटो खिच्ने यन्त्र भने थियो ।

पिंजराको सुगाजस्तो नित्य नै थुनिए पनि,

गुणीको गुण जाँदैन वास्ना छर्छिन् सधै यिनी ।

हर्ष चिन्ता दुवै बोकी श्रद्धाले निहुरीकन

तलको श्लोक संझेर फर्क्याैं घर उसै दिन ।

छैनन् बान्धव, सम्मान-प्रेम हुन्न भने जहाँ

हुदैन बस्नु ज्ञानीले एकै रात पनि त्यहाँ ।

यस्मिन् देशे न सन्मानो न प्रीतिर्न च बान्धवाः

एक रात्र्यावधिस्तत्र नवसेत् ज्ञानवान्नर ।

 

 

Standard
Literature

अन्तर्व्यथा ः अाजकाे

—कोमलप्रसाद पोखरेल

आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि उ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ । उसले आफ्ना बृद्ध बाको संझना गर्छ । संझदा संझदै ऊ पूर्व स्मृतिको महासागरमा चुर्लुम्म डुब्छ र केही बेरमा एकमुठी नुनिलो पानी सर्किएपछि ऐं ऐं गर्दै मनोवादको बाँकटेमा पौडिन थाल्छ ।
म एति टाढा यो बिरानु देशमा किन आएँ ! असी वर्ख नाघेका मेरा बाको अवस्था ऐले कस्तो होला ! अर्काको भनाइमा विश्वास गरी डलरको लोभमा पर्दा आज मेरो यो गति भो ! लोभले लाभ लाभले बिलाप भन्थे बुढापाकाले । मलाई लोभले लाभ हैन बिलाप मात्तै हात लागो ! अलिकति भा’को पाखो बारी पनि देउताजस्ता बालाई फस्ल्याङ् फुस्लुङ् पारी बेचेर बिदेशतिर टाप कस्ने म भन्दा पापी, दुष्ट छोरा सन्सारमा अर्को को होला ! हे भग्वान् मलाई केका दशाले याँ ल्याइ पुर्यायो नि ! एकछिन् रोएपछि हर्के पुनः बर्बराउन लाग्छ ।
विदेश पठाउने कम्पनीका पापी बज्ज्याले नक्कली भिसा दे’र मरेछ । तेसैले गर्दा तिन तिन बर्खसम्म लुकेर आफ्नु जिउज्यान नभनी अर्काकै कमारो भएँ । पैसा कमाउनु ता परै जाओस् ऐले झेलखानामा दुख् बेहोर्दै छु । एक बर्ख भैसको । था छैन अज्जै कति दिन थुन्ने हो । छोडिद्यो भने नि के गरी घर फिर्नु ! म पापी नि उस्तै छु । झेलखानमा परेछि मात्तै बालाई चिठी पठाएँ । बाले पाउनु भो भएन ! पा’को भा’ ता उताड नि चिठी आउनु पर्ने हो । कि……!
हर्केको कण्ठ एकाएक अवरुद्ध हुन्छ र भक्कानिएर डङ्ङ लड्छ र रुँदारुँदै झकाउँछ । टङ्टङ्… टङ्टङ्… टङ्टङ्…घन्टा घरले छ बजाए पछि ऊ झल्याँस्स हुन्छ, धर्खरिंदै उठ्छ र आप्mनो दुःख बिसाउन छेवैको कोठामा थुनिएको उसको साथी बजरङ्ग गुप्ताकोमा जान्छ ।
बजरङ्ग गुप्ता पनि हर्के जस्तै विदेशी मुद्रा कमाउन तिहाँ गएको जोगबनी बिहारको एउटा गरिब ठिटो हो ।
हर्केलाई देख्नासाथ केही मुस्कुराउँदै हर्केतिर हात बढाउँदै भन्छ, लेलो भैया आपका लेटर । अभि अभि मैने पोष्ट ओपिस से लेके आया हुँ ।
हर्के हर्ष र विस्मतको द्वन्द्वमा चिठी समात्छ । कता कता भित्र चस्स भएझैं हुन्छ उसको नेपाली मुटुमा ।
चिठीलाई तिन पल्ट ढोगेर विस्तारै नच्याती टिकट उक्काउँछ । सहिद धर्मभक्तको फोटो भएको टिकटलाई चुम्मा खाएर गोजीमा हाल्छ । खाम नच्यातिकन चिठी खोलेर उभिई उभिई पढ्छ ।
मिति २ हजार बाउन्न साल
मुंसिर दुइ गते सन्सरबार

पियारो छोरा हर्केकै, तेरो अभागी बाउको संजना र थुप्रै थुप्रै मायाँ । तैंले पठा’को चिठी बेलैमा हात परो । मेरै अभागले होला मैले बेलैमा चिठी लेखेर पठाउन सकिन । अब मात्तै अलेली चिठी लेख्न सक्ने भएँ हात काम्दै काम्दै । गल्ती भो भने सुधारी पड्नू ।
तँ याँबड हिंडेको निकोर्सी पल्टको कुरो हो माथि चुलीमा दुइ घरी कोला किनेर भारमा बोकी सुरुङ्गाको बुधबारे हाटमा बेच्न लाँदै थिएँ, माईको पुल नेर पुगेछि मलाई बसले किचेछ । होसाँ आउँदा म भद्रपुरको अस्पतालाँ सुतिर’को थे । मेरा दोडै खुट्टा भाँचिएछन् । अस्पतालाँ मेरो आफन्त भन्ने कोइ थे’न । मैले नचिन्या गोडा दुएक मान्छे अलिक पर्तिर एसो भन्दै थे — डाग्डर साप यो हर्के भन्ने मान्छेको दोडै गोडा काट्दिनु परो । बरु हजुर्लाइ……..। गाडी चल्ने ठाम्मा कोला बोकेर हिन्ने मोरो …..।… कच्च्याक हुनु पथ्र्यो ! बाँचेर हाम्लाई कम्ती दुख् देन ।
मेरो खुट्टा काट्नु पर्ने अवस्था थेन । खुट्टा नकाटिदिनोस् भनेर डग्डरसँग कति विन्ती भाउ गरेंं, रोएँ चिच्याएँ तर मेरो केइ लागेन । मलाई बिहोस पारेर मेरा दोडै खुट्टा काटेछन् ।
के गर्नु बाउ तँ याँ भएको भए मैले एसरी डुँडो भ’र बस्नु पर्ने थे’न होला । फेरि के भन्छस् र खुट्टा काटेको पर्सी पल्टै मलाई अस्पतालबड निकालो । तेस्तो अबस्थामा म कसरी घराँ आएँ होला तँ आफैं सम्जी त नानी । तेस्पछि दस मइनासम्म घाउ निको नभ’र धेरै दुख् पाएँ । स्वास्नी लाने जारले’नि एस्तो दुख् नपाओस् ।
धन्न डाँडाघरे बैदाङ काकाले अनेक जरीबुटी गरेर मेरो घाउ निको पारे । मेरा भाबी नै र’छन् । कइल्यै नबिर्सने गुन ला’का छन् उनले । तेसै गरी थुम्की गोठे जोगी साँइँलाले खान दे’र मेरो ज्यान बचाइ र’छ । फेरी लाउँदै दस घर चाहारेर चाँमल ले’र आउँछ । मलाई नि दिन्छ आफु नि खान्छ । अगिल्ला जनमको छोरै र’छ बरा ! उसको आफ्नु भन्ने कोइ छैन । पछि तैंले उस्को हेर्बिचार गर्नू ।
हेर् बाउ ऐले तँ के गर्दै छस्, के खाँदै छस् ! याँबड लग्या पैसा नि पुग्ने बित्तिकै सकिएछ । सात समुन्द्र पारीका मुलुकाँ तँलाई टिठ्याउने को पो होला र ! तेरो कथा बेथा सुनेर मेरो मुटुक ढुक्ढुक् ढुक्ढुक् गर्छ ।
मैले ता तँलाई पैले नै भन्या थें पैसा कमाउन विदेश जाइर’नु पर्दैन, आफ्नै मलुुकाँ नि उद्दिम गरो भने पैसा कमाइन्छ भनेर । तँ जत्ति नै पड्या लप्सीबोटे छ्याङ् कान्छाको छोरो जेठोले चार भन्ज्याङ् नेपालमैं टिपिसन हो कि के पढा’र मनग्गे कमाउँछ अरे । एइ गएको दशैंमा घर आँउँदा बाउलाई भेडी गोठालाले लाउने जस्तो तातो गन्जी, आमालाई ढाकाको चोलो र मुजेत्रो, बुइनीलाई इस्कुले डिरेस र मनग्गे दशै खर्च ले’र आयो अरे ।
गैरीघरे कालेले नि हुटेलमा पाले बसेर दशैंमा सए सातेक रुप्याँ ल्याएछ । सानामा तँसंगै गुच्चा खेल्ने घिम्रे पुरेतको छारो चिम्रे थे’न, हो त्यो पाँच बर्ष अगिसम्म जुँगे हल्दारका पछिपछि हिंडेर स्याइटेका भराँ जिउ पाल्थ्यो । ऐले त कोनि कुन पाटीको भोटाँ उठेर मान्ने भ’को छ अरे । तिस दिनमा तिसै हज्जार कमाउँछ अरे । सर्खारले गाडी नि दे’को छ भन्छन् । हुने बेलाँ गोरु नि ब्याउँछ भन्छन, हो र छ ।
तल्ला गाउँको तालु खुइले मुख्याको काइँली स्वास्नी पटिको छोरो लुइरे नेपाल खाल्डाभित्रैको एउडा दबाइ दोगानाँ नकुर बस्या थ्यो । तिन बर्खपछि डाग्डर भएछ । ऐले नेपालकै कोनि कुन सहराँ पैसा फ्याउरी ला’र बस्या छ अरे । ऐले उसलाई सप्पैले डाग्डर एल. भन्दारान् । खै के हो एल सेल भन्या म ता बुज्दा नि बुज्दिन ।
चार चोटि म्याटिस फिल भ’र रुँदै हिडेको भुँडे माजनको छोरो बिस्ने अइले अंगे्रजी इस्कुलाँ हाकिम छ अरे । बजाराँ चारतले सिमेन्टीको घर जखेछ तेल्ले नि ।
मैले तँलाई यिनेरु जस्तै हुनुपथ्र्याे भन्न खोज्या होइन । हाम्रै देशाँ नि गर्दा हुन्थ्यो भन्या हो ।
खोइ मलाइ ता एसपालिको दशैं नि आएन । दशैभरि तेरै बाटो हेरेर रोइबसें । अर्थोक् ता परै जाओस् बिरालोले खस्याक् गर्दा नि तेरै झझल्को लाग्छ । तेरो मुख माŒौ हेर्न पाए नि अलिक बर्ख बाँच्ने थें । एइ गएको असारमा चार कोरी दुइ टेकें । अब कति दिन पो बाँच्छु होला र !
सपनामा जइले नि तेरी आमालाई मात्तै देख्छु । हिजो छाडी अस्ति एउडा सारै पर्तङ्गे सपना देखें । मेरो घुँडाँ मुन्टो राखेर तेरी आमा रोई बस्या थी । दुई हात थापेर भन्दै थी, मैले तिम्लाइ जिम्मा दे’को मेरो मुटुक् काँ छ ? मलाई देऊ ।
म चुपो लागि बसें । केइ जुवाफ लाउन सकिन । एक न दुई भ’र घोसे मुन्टो लाइरएँ । खोइ मरेको मान्छेको हङ्सले नि छोराछोरी नबिर्सिंदो र’छ !
याँको हाल खबर केइ छैन भन्दा नि धेरै छन् । ऐले हाम्रा देसाँ पर्जातन्तर्को सारै जगजगी छ । मान्छेलाइ मात्तै होइन हावाजाज, मटर, भटभटे इत्येदि सप्पै थोक्लाइ पर्जातन्तरको मात लग्या छ । भर्खरै इन्डेबड आकासाँ उडेका दोडा हावाजाज अक्कासमै लाक्पा खेलेर भुइँमा पछारिएछन् र त्याँभित्र भा’को जात्रुहेरु सप्पै भुर्कुट् भ’छन् । तँजस्तै पैसा कमाउन बाइर ग’का धेरै नेपाली ज्वानहेरु मरेछन् ।
तल गोलधापे माइला मगरको छोरो बिर्खे पनि तेइ घटनामा परेछ । एउडा भा’को छोरो नि तेसरी मर्दा बिचरी आमालाइ कस्तो भा’होला ! छोराको पैसा खोइ कोनि कति लाख पाउँछ भनेर बिर्खेको आमालाइ इन्डेको दिल्ली बोलाएछ । तर अरु पैसा ता परै जाओस् फर्किने बाटो खर्च नि मरेर द्यो अरे । दिल्लीका सिल्ली बज्जेहेर्ले पैसा जति आपैंm हसुरेर दुख् मात्तै देछन् बबुरीलाइ ।
अर्को कुरा अइले याँ राम्रा मान्छे जति छानी छानी गाडीले किचेर मार्दैछ । उनन्चास साल माग तिन गते हाम्रा कमल सरको जेठो छोरो सुर्जेलाइ दमकको रतुवा पुलको छेवैमा बसले किचेर ठहरै मारो । ऊ सङ्गै उसको साथी कुमारलाइ नि ठहरै पारो । बिचरा सुर्जे छ्यालिस सालको आन्डोलनमा गोली खा’र नि बाँच्या थे । गर्नु गरो बज्याका ठाँडाले । तेरो कुरा गर्दा सर र सर्नी डाँकै छाडेर रुन्छन् । सर्नीले भनेको तँ र उनको सुर्जे एक दिनले मात्तै जेठाकान्छा अरे ।
अस्ति भर्खर मात्तै इटरी ओर्तिर सुकुना पुलैमा पान्जना इस्कुले नानीलाइ ठाँउको ठाउँ गाडीले कच्याक्कै पारेछ । कठैबरी एक्कै घर्का तिनजना पो परेछन् त ! तिँदेर्का बाउआमा अपहत्ते गरी मर्न आँट्या थे रे । तर गाउँलेले बँचाएछन् । च्च…च्च… कठैबरि… अब के गरी बाँच्नु तिनेर्ले ! एस्ता थुप्प्रै घटना भ’र दिनैपिच्छे जस्तो मान्छे मरिरन्छन् । लेखी साद्धै छैन ।
अँ तेताका नि धेरै नराम्रा कुरा सुन्दै छु । अर्काको मुलुक हो । बहुत होस् पु¥याउनू । नेपाल चारभन्ज्याङ् भित्रका एक जना मास्टरको तेतैतिर नकुर गर्दा मिसिनले दोडै हात छिनायो अरे । मेरा खुुट्टा छैनन् तेरो नि हात काट्यो भने पछि हाम्रो के गति होला !
अर्को कुरा रसुवा धुन्चेको रुन्चे भोटेले विदेशबड डलरसँगै एड्स् नि ल्यायो भनेर उल्लाइ सप्पैले गाली ग¥या सुन्छु । तँसँग तेस्तो एड्स्फेड्स् केइ छ भने कुनै हालतमा नि एता नल्याउनू । साँउँसम्म उठ्यो भने तेतै बेच्नू । बिकेन भने बरु तेसै भा’नि कसैलाइ दे’र आउनू । मान्छेले गाली दे’को राम्रो हैन ।
उइ तेरो अभागी बाउ

चिठी पडिसकेर राख्न लाग्दा खामभित्राबाट अर्को एउटा पट्याएको कागजको टुक्रा फुत्रुक्क भुइँमा खस्छ । हर्के निहुरिएर कागज टिप्छ । सेतो धागाले बाँधेको कागज देखेपछि लगलग काम्दै डोरी फुकाएर पढ्न थाल्छ ।
हर्के भतिजकै,
उपरान्त धेरै दिन अगिदेखुन् च्याङ्बा दाइ तँलाइ चिठी पठाउने कुरा गर्दै थे । बल्लतल्ल हिजो मात्र सुरुङ्गा बजार जाने गोरु गाडामा चडेर ढ्वाङ्मा चिठी खसाउन जाँदै थे । माइ किनारनेर पुगेछि उछिन्पाछिन् गर्दै कुद्ने दोडा बसले ठाउँको ठाउँ ठहरै मा¥यो । बिचरा ऐया भन्न नि पाएनन्.! खुट्टा भाँच्ने तेइ गाडी ज्यान लिने नि तेइ गाडी ! नेपालमा मान्छे जति गाडीले नै सक्ने भो भतिज ।
च्याङ्बा दाइ तँलाइ चिठी पठाउने घिड्घिडो पुरा नभै यो सन्सारबड बिदा भए । उनको आत्माले शान्ति पाओस् भनी उनका आप्mनै हातले लेख्या चिठी समेत पठाइद्या छु । मलाइ मेरा बाउ, आमा, सिरिमती मर्दा नि एस्तो पिर प¥या थे’न । हुनुहार् दैव नटार् भन्या एइ र’छ । अब जे हुनु भैगो । धेरै सुर्ता गर्दा नि दाइ आउँदैनन् । मलाइ नै आफ्नु बाउ सम्जेर तुरन् घर् फिर्नू । दाइको काज किरिया म गर्दैछु । पछि मेरो काम गर्ने तँ छँदैछस् । चिठी पाम्नासाथ त्याँ भात खा’र याँ चुठ्न आउनू ।
थुम्की गोठे जोगी काका

चिठी पढिसक्नासाथ हर्के थर्र काम्दै रुख ढलेझैं भुइँमा ढङ्ङ ढल्छ र भट्याक् भट्याक् गर्न थाल्छ । आत्तिएको रुन्चे स्वरमा हर्केलाई उठाउन खाज्दै बजरङग चिच्याउँछ हर्के भैया ……! ! !

 

Standard
Literature

गुरुकुल शिक्षा ः अाजकाे अावश्यकता

गुरुकुल शिक्षाः आजको आवश्यकता

 

१. गुरुको परिचय

 

गुरु पूर्वको एउटा अनन्त एवं महत्त्वपूर्ण खोज हो भने गुरु-शिष्य परम्परा पूर्वको पहिचान हो । यस अनुलोम परम्परालार्इ पूर्वले नियमित, प्राकृतिक तथा सुल्टो परम्पराका रूपमा लिएको छ । यसले गुरुको महत्त्व राम्ररी बुझेको छ, गुरुको गरिमा र आयामको यथातथ्य पहिचान गरेको छ । यति मात्र होइन पूर्वका लागि गुरु सर्वव्यापक हो । यो परम्परा खोलो धाउँने परम्परा नभएर तिर्खा धाउँने परम्परा हो, अर्थात् यस परम्परामा शिष्य गुरुका समीपमा जान्छ र इच्छानुसार आफ्नो ज्ञानको तिर्खा मेटाउँछ । गुरुका बारेमा पूर्व के भन्छ हेरौं –

गु शब्दस्त्वन्धकारश्च रु शब्दस्तन्निवारकः

अन्धकार निरोधत्वात् गुरुरित्यभिधीयते

गुरुर्ब्रह्मा गुरर्विष्णुः गुरुर्देवो महेश्वरः,

गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।

अर्थात् गुरु सच्चा ज्ञानको आविष्कारक र त्यसको संरक्षक हो भने अज्ञानको संहारक पनि हो । समग्रमा गुरु यस जगत्को सिष्टकर्ता, पालनकर्ता, संहारकर्ता सर्वशक्तिमान् परब्रह्म परमात्मा हो ।  गुरुका बारेमा गोस्वामी तुलसीदासको भनाइ यसप्रकार रहेको छ –

गुर बिनु भवनिधि तरइ न कोई ।

जों बिरंचि संकर सम होई ।। (राम चरितमानस) ।

अर्थात् कुनै व्यक्ति ब्रह्मा, शंकर समान नै किन नहोस् गुरुबिना ऊ भवसागर पार तर्न सक्दैन ।

बंदउँ गुरु पद कंज कृपा सिंधु नररूप हरि ।

महामोह तम पुंज जासु बचन रबि कर निकर (राम चरितमानस)

अर्थात् म ती गुरु महाराजका चरणकमलको वन्दना गर्दछु, जो कृपाका सिन्धु तथा नर रूपमा श्रीहरि नै हुनुहन्छ र जसको वचन महामोहरूपी अन्धकारलार्इ नाश गर्ने सूर्यको प्रकाश हो ।

अर्का सन्त कविरको विचार –

तीरथ गए तो एक फल, संत मिले फल चार ।

सद्गुरु मिले तो अनन्त फल, कहे कबीर विचार ।

अर्थात् तीर्थ जाँदा एक फल प्राप्त हुन्छ भने सन्त समागमबाट चार गुणा फल प्रप्त हुन्छ र अझ सद्गुरुको सान्निध्यबाट त झन् अनन्त फल प्राप्त हुन्छ ।

श्रीमद्भगवद्गीताको उद्घोष –

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।

अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच: । (गीता १८/६६

अर्थात् सबै साधनहरूलार्इ छोडेर केवल नारायण स्वरूप गुरुको शरणागत हुनुपर्दछ । उहाँले नै सबै पाप नाश गरिदिनुहुन्छ । यसमा शोक गर्ने काम छैन ।

जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति

अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः ( चाणक्य नीति) ।

अर्तात् जन्मदाता, उपनयनकर्ता, विद्यादाता, अन्नदाता र भयत्राता यी पाँच पिता मानिन्छन् । यसरी हेर्दा गुरु र पितामा अलिकति पनि फरक छैन ।  नीति भन्छ –

विद्या ददाति विनयं विनयाद्याति पात्रताम्

पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम् (चाणक्य नीति) ।

 

एकमेवाक्षरं यस्तु गुरुः शिष्यं प्रबोधयेत्

पृथिव्यां नास्ति तद्द्रव्यं यद्दत्वा चानृणीभवेत् -अत्रिसम्हिता_

यसरी वास्तवमा गुरु पूर्वको अटल सम्पत्तिका रूपमा रहेको देखिन्छ भने पश्चिमलार्इ गुरुको नाम र महत्त्व मात्र होइन ठेगाना पनि थाहा छैन । पश्चिमले कहिल्यै जानेन गुरुको आयाम । पश्चिमको शब्द कोशमा शिक्षक-विद्यार्थी (Teacher-student) मात्र रहेको देखिन्छ, त्यसैले पश्चिमाहरू शिक्षक र विद्यार्थीका बारेमा मात्र राम्ररी बताउन सक्छन् । उनीहरूलार्इ गुरु-शिष्यको ज्ञान अलिकति पनि नभएकाले अहिलेसम्म उनीहरू यस रसबाट सर्वथा वञ्चित रहेका छन् । वर्तमान समयमा विश्वभर पश्चिमबाट अयातीत अधुनिक शिक्षा प्रणालीको वर्चस्व रहेको हुनाले पूर्वकाहरू पनि सोही लहैलहैमा लागेर गुरुशिष्य परम्पराबाट ओझेल पर्न थालेका छन् । वर्तमान शिक्षा प्रणाली प्रतिलोम शिक्षा प्रणाली भएको हुनाले यस प्रणालीमा शिक्षक शिक्षार्थीको अनुगामी हुन्छ । शिक्षार्थी जहाँ छ त्यहाँ गएर शिक्षकले शिक्षा दिनुपर्छ । त्यसैले पूर्वका लागि यो परम्परा अप्राकृतिक र उल्टो हो । वास्तवमा शिक्षाको आशय ज्ञान हो भने ज्ञानका आकांक्षी शिक्षार्थी हुन् र सो आकांक्षा शिक्षकले पुरा गराउँछन् । प्राचीन शिक्षा प्रणालीलामा गुरुले ज्ञान प्रदान गरेको देखिन्छ भने अहिले गुरुको स्थान शिक्षकले लिएको छ । गुरु र शिक्षकमा भिन्नता रहेको छ । त्यसबेला गुरुका लागि शिक्षण पेसा नभएर आनन्द थियो, सुख थियो । शिक्षकले अतीतबाट प्राप्त सूचना वा जानकारीलाई अघि बढाएको पाइन्छ भने गुरुले ज्ञान प्रदान गरेको देखिन्छ ।

२. गुरुकुलको परिचय

घरमा नबसी गुरूका अधीनमा रहेर ब्रह्मचर्यपूर्वक त्याग एवं तपस्यायुक्त जीवन यापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरूकुल शिक्षा प्रणालीको प्रमुख उद्देश्य हो । यस प्रणालीमा मूलतः तीन तत्त्व पाइन्छन् । तिनमा गुरु र शिष्यको आत्मिक सम्बन्ध, सत्य, तप, दम, शम आदि साधनहरूद्वारा दृढ चरित्र निर्माण तथा स्वाध्याय अर्थात् अपरा विद्या प्राप्ति । यसका लागि ६ वर्षको उमेरमा गुरूकुलमा प्रवेश गरिन्छ । कुनै कुनै गुरूकुलमा सो उमेर भन्दा बढी उमेरकाले पनि प्रवेश पाउने गरेको देखिन्छ ।  प्राचीन कालमा आठ वर्षमा उपनयन संस्कार सम्पन्न भएपछि गुरुको सान्निध्यमा रहेर विद्या अध्ययन गर्नुपर्ने प्रावधान थियो ।  अहिले पनि गुरूकुल शिक्षाले दिने अर्थ यही नै हो ।  त्यतिबेला विद्यार्थीले २५ वर्ष नपुग्दासम्म गुरूको साथमा बसेर विद्या अध्ययन गर्नुपर्थ्यो ।   पूर्ण ब्रह्मचर्यमा रहेर विद्या अध्ययन गर्नुपर्ने भएकाले यसलार्इ ब्रह्मचर्याश्रम पनि भनिन्थ्यो ।  प्राचीन गुरूकुलहरूमा वेद, दर्शन, उपनिषद्, व्याकरण आदि आर्ष ग्रन्थ पढ़ाउनुका साथसाथ गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, सामाजिक विज्ञान, चिकित्सा, भूगोल, खगोल, अन्तरिक्ष , गृह निर्माण, शिल्प, कला, संगीत, तकनीकी, राजनीति, अर्थशास्त्र, न्याय, विमान विद्या, युद्ध-आयुध निर्माण, योग, यज्ञ एवं कृषि इत्यादि मनुष्यका भौतिक तथा आध्यात्मिक उन्नतिका लागि आवश्यक पर्ने सबै विषय अध्यापन गराइन्थ्यो । कृष्णले गुरुकुलमै चैसठ्ठी कलासम्बन्धी विद्याध्ययन गरेको कुराबाट यसको पुष्टि हुन्छ ।

प्राचीन गुरूकुलमा  पढ़ाइको समय तालिका सूर्योदयदेखि लिएर सूर्यास्तसम्म हुन्थ्यो । सूर्यास्तको समयपछि शिक्षार्थीहरू संध्या, अग्निहोत्र आदि कार्य सम्पन्न गरी रात्रिको भोजनपश्चात् विश्राम गर्थे । केवल दुर्इ पटक मात्र भोजन हुन्थ्यो । किनभने मान्छेको दीर्घायुका लागि दुर्इ पटक भोजन गर्नु समीचीन ठहर्छ । उपर्युक्त अनुसार गर्नु गराउनु पर्ने कुरालार्इ मनन गरेर  आजका गुरुकुलले आध्यात्मिक आदर्शको कोशेढुङ्गा बन्न सक्नु पर्छ । यही नै आजको आवश्यकता हो ।

३. गुरुकुलको उद्देश्य

प्रत्येक व्यक्तिको जीवनको उद्देष्य वैदिक साहित्य, पुराण, ब्रह्मसूत्र, गीता, उपनिषद् जस्ता पूर्वीय वाङ्मयको अध्ययन मनन तथा सन्ध्यावन्दन, यज्ञयागादिको अनुशीलन, मातापिता, गुरूजन, बृद्ध व्यक्तित्वको सेवा साथै जीवजन्तु, पशुपक्षी, एवं बोटबिरूवाप्रति आत्मिक मैत्रीभावबाट मात्र प्राप्त हुन सक्छ ।  यस प्रकारको उद्देश्य प्राप्ति गुरूकुलीय शिक्षाबाट मात्र सम्भव छ । यसका साथसाथै गुरुकुलमा अध्ययन अध्यापन गर्ने आचार्य र विद्यार्थीहरूले योगाभ्यासद्वारा र्इश्वरको सक्षात्कार गरेर भौतिक पदार्थबाट पाउन नसकिने आनन्द प्राप्त गर्न सक्नु पर्दछ । सर्वव्यापक एवं आनन्दस्वरूप र्इश्वरको प्राप्ति गुरुकुलीय शिक्षाबाट नै सम्भव छ भन्ने कुरा गाउँले सर्बसाधारण समेतमा पुर्याउनु पनि यस शिक्षाको एउटा उद्देश्य हो । गुरुकुलमा संस्कृत अथवा नेपाली भाषाका माध्यमबाट अध्यात्म, वैदिक साहित्य, उपनिषद्, पैराणिक साहित्य जस्ता विषयहरू अध्ययन अध्यापन हुनु नितान्त आवष्यक छ । यस प्रणालीमा गुरुकुलीय शिक्षाका साथसाथ आधुनिक शिक्षा पनि दिन सकिने हुँदा यसको उद्देश्य पवित्र, गहन, व्यापक एवं सर्वतोमुखी हुनु अत्यावश्यक देखिन्छ । यस शिक्षाका केही प्रमुख उद्देश्यहरू –

  • गुरु-शिष्यका बिच पिता-पुत्रको सम्बन्ध हुन्छ भन्ने परम्परागत नैतिक अदर्शलार्इ पुनस्थापित गर्नु ।
  • बालकको शारीरिक, मानसिक तथा आध्यात्मिक विकास गर्नु ।
  • विद्यार्थीहरूको चरित्र विकास गर्नुका साथै प्राचीन पूर्वीय संस्कृतिप्रति अस्था जगाउनु ।
  • वैदिक तथा संस्कृत साहित्यलार्इ शिक्षामा उपयुक्त स्थान दिलाउनु ।
  • प्राचीन पूर्वीय ज्ञानविज्ञान एवम् अधुनिक ज्ञानविज्ञानको समन्वय स्थापित गर्नु, गराउनु ।
  • पूर्वीय अध्यात्म दर्शन, विज्ञान, इतिहास जस्ता विषयमा शोध गर्नु, गराउनु ।

४. गुरुकुलको तिहासिकता

भारतवर्षको प्राचीन इतिहासमा गुरुकुलको ज्यादै ठूलो महत्त्व थियो । त्यसबेला प्रसिद्ध आचार्यद्वारा सञ्चालित गुरुकुलमा अध्ययन गरेका शिक्षार्थीले ठुलो सम्मान पाउँथे । रामले महर्षि विश्वामित्र एवं वशिष्ठद्वारा सञ्चालित गुरुकुलमा अध्ययन गरेको देखिन्छ भने कृष्णले सान्दीपनि गुरुका गुरुकुलमा अध्ययन गरेको पाइन्छ । त्यसैगरी पाण्डवले ऋषि द्रोणाचार्य गुरुका गुरुकुलमा अध्ययन गरेको कुरा संस्कृत साहित्यको इतिहासबाट स्पष्ट हुन्छ । गुरुकुलमा अध्ययन गरेका राम, कृष्ण र पाण्डव जस्ता अध्येताहरूले कति सम्मान पाएका थिए भन्ने कुराको लेखाजोखा गर्न सकिदैन ।

भारतवर्षको प्राचीन इतिहास हेर्दा त्यस बखत तिन प्रकारका शिक्षण संस्था रहेको पाइन्छ, जस्तै-  गुरुकुल, परिषद् र तपस्थली । गुरुका आश्रममा गुरुका साथ रहेर अध्ययन गर्ने संस्थालार्इ गुरुकुल भन्ने गरेको पाइन्छ भने विषय विशेषज्ञद्वारा दीक्षा दिने संस्थालार्इ परिषद् भन्ने गरेको पाइन्छ । त्यसैगरी सभा सम्मेलनमा प्रवचनद्वारा ज्ञान प्राप्त गर्ने स्थानलार्इ तपस्थली भन्ने गरेको देखिन्छ । उदाहरणका लागि प्राचीन नैमिसारण्यलार्इ तपस्थलीका रूपमा लिन सकिन्छ ।

प्राचीन कालको गुरूकुलीय शिक्षा सर्वथा निःशुल्क थियो । गुरुकुलको खर्च गाउँलेको दान र सरकारी अनुदानबाट चल्थ्यो । गुरूकुलीय शिक्षाको व्यवस्था गाउँदेखि टाढा जङ्गलमा गरिन्थ्यो । त्यसबेला छात्र र छात्रा दुबैका लागि  गुरूकुलीय शिक्षा दिने गरेको पाइन्छ । तर छात्र र छात्रा अध्ययन गर्ने गुरूकुलको दूरी लगभग १२ कोस हुनेगरको देखिन्छ । गुरूकुलहरूमा शिक्षाको माध्यम संस्कृत नै रहेको पाइन्छ भन्ने कुरा तलको उद्धरणबाट थाहा पाउन सकिन्छ –

संस्कृतम् देवभाषास्ति वेदभाषास्ति संस्कृतम् ।

प्राचीन ज्ञानभाषा च संस्कृतं भद्रमण्डनम् ।

(अर्थात् संस्कृत देवताको भाषा हो, संस्कृत वेदको भाषा हो, यो प्राचीन ज्ञानको भाषा पनि हो र यसले  भाग्यलार्इ सिंगार्दछ ) ।

पौराणिक कालभन्दा धेरैपछि गुरुकुलीय शिक्षाले विश्वविद्यालय तहसम्म फड्को मारेको देखिन्छ । यसै क्रममा प्रचीन भारतवर्षमा नालंदा विश्वविद्यालय, तक्षशिला विश्वविद्यालय, वल्लभीपुर आदि प्रसिद्ध गुरूकुल संस्थाको स्थापना भएको देखिन्छ भने आधुनिक कालमा सर्वप्रथम हरिद्वारको  कांगड़ी नामक गाउँमा सन् १९०२ मा गुरूकुल कांगडी विश्वविद्यालयको स्थापना स्वामी श्रद्धानन्द सरस्वतीले गरेको देखिन्छ । हाम्रो देश नेपालमा पनि केही स्थानमा गुरूकुल शिक्षा सञ्चालित छन् । यस प्रणालीको विकास, विस्तार र पुनःस्थापना गर्नु वर्तमान समयको आवश्यकता हो । यसबाट मात्र राष्ट्रको गुमेको अध्यात्म, संस्कृति र परम्परागत गरिमा पुनः प्राप्त हुन सक्छ ।

५. नेपालमा गुरुकुल शिक्षा

प्राचीन कालमा गुरुकुलको जुन किसिमको स्वरूप थियो नेपालका गेरुकरलहरूमा पनि त्यही किसिमको स्वरूप रहेको पाइन्छ । खासगरी भारतवर्ष (उत्तरमा हिमालयदेखि शृङ्खलादेखि खक्षिणमा कन्याकुमारीसम्म र पूर्वमा बङ्गालको खाडीदेखि पश्चिममा अरब सागरसम्म) को गुरुकुल पद्धति दुइर्वटा परम्परामा रहेको पाइन्छ – शैव परम्परा र वैष्णव परम्परा । शैव परम्परामा शिवबाट पार्वतीले प्राप्त गरेका विद्या पर्दछन्, जसमध्ये व्याकरण, तन्त्रविद्या, सङ्गीत विद्या आदि प्रमुख छन् भने वैष्णव परम्परामा नारायणबाट ब्रह्मा → वशिष्ठ → शक्ति → परासर → व्यास → शुकदेव → गौडपाद → शङ्कराचार्य आदिका क्रमले विकसित भएको पाइन्छ । विशेष गरी नेपालका शिमशृङैखलालार्इ प्रचीन ऋषिमुनिको साधनास्थलका रूपमा लिइन्छ । व्यासको साधनाभूमि र याज्ञवल्क्यको साधनाभूमि नेपाल नै हो मन्ने मान्यता रहिआएको छ ।

५.१ लिच्छविकालीन गुरुकुल

लिच्छवि कालमा गुरुकुल शिक्षाको विकास राम्रोसँग भएको थियो भन्ने कुरा इतिहासले सिद्ध गरेको छ । त्यसबेलाको राजकीय भाषा संस्कृत थियो भएको कारणबाट पनि गुरुकुलको मान्यता कति थियो भन्ने कुरा हामी भन्न सदक्छौं । त्यसबेला वेद, व्याकरण, न्याय, साहित्य, दर्शन, व्योतिष जस्ता विषयहरू पठन पाठन हुने गरेको पाइन्छ । त्यसो भएर पनि लिच्छवि काललार्इ नेपालको इतिहासमा स्वर्णकाल मानिन्छ ।

५.२ मल्लकालीन गुरुकुल शिक्षा

लिच्छवि कालमा संस्कृत गुरुकुल मात्र सञ्चालित रहेको पाइन्छ भने मल्ल कालमा संस्कृतका साथै बोद्ध गुरुकुलको पनि स्थपना भएको देखिन्छ । साहित्य, कला, विज्ञान जस्ता विषयमा त्यसबेला लेखिएका ग्रन्थहरू अद्यावधि उपलब्ध छन् । लिच्छवि कालका तुलनामा यसबेला गुरुकुल शिक्षा केही कमजोर देखिन्छ ।

५.३ शाहवंशीय गुरुकुल शिक्षा

पृथ्वीनारायण शाहभन्दा अघिदेखि नेपालमा गुरुकुल परम्परा रहेको पाइन्छ । त्यसबेला गोर्खा, लमजुङ्, तनहु, कास्कीलगायत स्थानमा गुरुकुल रहेको देखिन्छ । पछि राणा शासन कालमा गुरुकुल शिक्षामा निकै ह्रास अयो । पछि देवसनशेरका पालामा केही सुधार भएके थियो ।

५.४ वर्तमान गुरुकुल शिक्षा

२००२ मा पद्मसमशेर प्रधानमन्त्री भएपछि कमजोर हुंदै गएको गुरुकुल शिक्षा पाचासको दशकदेखि क्रमश: कछुवा गतिमा अगाडि बढ्दै गएको छ । वर्तमान समयमा नेपाल सरकार शिक्षा मन्त्रालयले पनि गुरुकुल शिक्षालार्इ मूल प्रवाहमा ल्याएको छ । देवघाटमा रहेका गुरुकुलमा महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल, वेदवेदाङ्ग गुरुकुल निकै सम्पन्न देखिन्छन् । यिनिहरूको सञ्चालन व्यवस्था पनि उत्कृष्ट रहेको पाइनछ ।

झापामा तेइसवटाभन्दा बढी गुरुकुलहरू सञ्चालित रहेका पाइन्छन् । तिनमध्ये केही गुरुकुलरू –

  • वेदवेदाङ्ग संस्कृत पाठशाला, साधुटार
  • विवेकाश्रम साङ्गवेद संस्कृत मावि, चारपाने
  • अर्जुनधारा संस्कृत वेद विद्यापीठ अर्जुनधारा
  • कृष्णद्वैपायन गुरुकुल वेदविद्याश्रम, महेशपुर

५. गुरुकुलका विशेषता

    गुरुकुलमा अध्ययन गर्ने बालकहरू गुरुकुलका अङ्ग बन्दछन्, उनीहरू जन्म दिने अफ्ना मातापिताको सानो परिवारबाट आचारको शिक्षा दिने आचार्यको ठुलो परिवारको सदस्य बन्दछन् । उनीहरूलार्इ त्यहाँ तपस्यापूर्ण जीवनको अभ्यास गराइन्छ । बालकहरूले त्यहाँ निशुल्क शिक्षा प्राप्त गर्दछन् । त्यहाँ धनी-गरीव, उच-नीच, महिला-पुरुषको कुनै भेदभाव रहँदैन । यसरी सबैले शिक्षाको समान अवसर पाउनु पनि गुरुकुल शिक्षाको एउटा विशेषता हो ।

६. सनातन धर्म र गुरुकुल

झुल्कनु पूर्वमा सूर्य अस्ताउनु यथा क्रम,

शास्त्रले भनिआएको यही नै हो सनातन ।

सृष्टिको सुरुदेखिन् नै हावा बग्छ धमाधम,

अरुकै लागि यो बग्छ यही नै हो सनातन ।

नदीमा मिल्नु खोल्साले नदी सागर सङ्गम,

गूढार्थ जसले बुझ्छ बुझ्यो त्यस्ले सनातन ।

जसका दुधले हाम्रो हृष्टपुष्ट छ यो तन,

साक्षात् गौ, धरणी, माता नै हुन् हाम्रा सनातन ।

ब्रह्माण्ड सृष्टिको पूर्व निस्केको पहिलो स्वर,

प्रणवाक्षरलाई नै भन्छन् शुद्ध सनातन ।

पृथिवी जल आकाश वायु तेज मिलीकन,

हाम्रो देह बनेको छ, हुन् यी पाँच सनातन ।

सनातन धर्ममा जल, अग्नि, सूर्य, पृथ्वी, वायु आकाश, रुख, ढुंगा, माटो लगायतका प्रत्येक प्राकृतिक वस्तुहरूलाई देवताको रूपमा पूजा गर्ने परम्परा छ । प्रत्येक वस्तुमा देवताको वास हुन्छ भन्ने मान्यता अनुसार प्रकृतिका हरेक अंगको पूजा गर्दै तिनको समुचित प्रयोग गर्न जोड दिइएको छ । शुक्ल यजुर्वेदको ३६ र १७ मा रहेको यस ऋचामा सनातन धर्ममा प्रकृतिको महत्वबारे यसरी बताइएको छ – द्यौः शान्तिः अन्तरिक्षम् शान्तिः पृथ्वी शान्तिः आपः शान्तिः ओषधयः शान्तिः वनस्पतयः शान्ति विश्वेदेवाः शान्तिः ब्रह्म शान्तिः सर्वम् शान्तिः शान्तिरेव शान्तिः सामाशान्तिरेधि – अर्थात् आकाश, अन्तरिक्ष,  पृथ्वी,  जल, औषधी, वनस्पति, विश्वेदेव, ब्रह्मरूप ईश्वर लगायत सबैमा शान्ति होस् र सबैतिर भएको शान्ति मेरो लागि पनि होस् । यसरी हेर्दा कति विशाल र उदार देखिन्छ हाम्रो सनातन धर्म । आज मानिसकै कारणले गर्दा जलका भण्डार, बोटविरुवा आकाश पाताल सम्पूर्ण प्राकृतिक वस्तुहरू दूषित बन्न पुगेका छन् तिनमा अशान्ति छाएको छ । यसको परिणाम देखिन थालिसकेको छ । जलका स्रोतमा फोहोर गर्नु हुँदैन बिनाकारण रुख विरुवा काट्नु हुँदैन भन्ने मान्यताले गर्दा प्रकृतिको संरक्षण भएको थियो ।

तर हिजोआज विज्ञानको नाममा प्रकृति केही होइन, हामीले जतिसक्दो उपयोग र उपभोग गर्नुपर्छ भन्ने मान्यताले गर्दा तिनको दयनीय अवस्था बनेको देखिन्छ । जलका देवता वरुण, आगोका देवता अग्नि औषधिका देवता सोम लगायतका देवतत्व देख्ने परम्पराले प्रकृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको थियो । प्रकृति पूजा गर्दै तिनीहरूको समुचित प्रयोगबाट वैदिक ग्रन्थमा मानिसको आयुलाई सय बर्षसम्म बाँच्न प्रेरित गरेको छ । धर्मग्रन्थहरूमा पनि बोटविरुवा नैं मानव जीवनको मूल आधार भएको बताइएको छ ।

वैदिक ग्रन्थमा बोटविरुवाले ढाकिएका स्थानको प्रशंसा गर्दै तिनले मानवको रक्षा गरुन् भन्ने प्रार्थना गरिएको पाइन्छ । वृक्षारोपणको महिमा भविष्यपुराण, स्कन्दपुराण, रामायण, महाभारत आदि ग्रन्थमा पनि पाइन्छ । वैदिक धर्ममा वृक्षारोपणलाई लौकिक धर्मको रूपमा प्रसंशा गरिएको छ । बिनाकाममा रुख विरुवाका हाँगा पात आदि भाँच्ने, काट्ने, लुछ्ने आदि कार्यलाई सनातन धर्मले निषेध गरेको छ । यतिमात्र होइन कतिपय बोटविरुवाहरूलाई त देवी देवताको अवतारको रूपमै पूजा गर्ने गरिन्छ ।

कतिपय बोटविरुवाहरू धार्मिक कार्यमा नभई हुदैनन् । कतिपय बोट विरुवाहरू देवी देवता पितृलाई चढाउन प्रयोग हुन्छ । कति वनस्पतिका फल र फूल धार्मिक अनुष्ठानहरूमा भोजनको रूपमा प्रयोग नगरी हुँदैन । यिनीहरूको अनिवार्यताले मानिसको स्वास्थ्य रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । हाम्रो संस्कृतिमा प्रकृतिको मात्र होइन तिनमा आश्रित ठूलादेखि साना जीवहरूको सुरक्षा गर्न प्रेरित गरेका छन् । सर्प, नागदेखि लिएर गाई जस्ता प्राणीहरूको सम्मानले प्रकृतिको सन्तुलनलाई कायम राख्न मद्दत गर्दथ्यो ।

तर हिजोआज प्रकृतिमाथि धावा बोल्ने कार्यले गर्दा मानव अस्तित्व नै खतरामा पर्न थालेको सन्दर्भमा अन्य जीवहरूप्रति उदार बन्ने कसले? हजारौं वर्षसम्म स्वच्छ रहेको भूमण्डलको वातावरण विगत एक सय वर्ष यता तीव्र विनाश हुँदै गइरहेको छ । यसको कारण खोज्ने हो भने भौतिक उन्नतिको एकोहोरो सोच र भौतिक सुविधा भोग्ने प्रतिस्पर्धा नै हो । यस किसिमको प्रतिस्पर्धाले सम्पूर्ण भूमण्डललाई दूषित पार्ने कस्तो अकल्याणकारी परिणाम ल्याउँदो रहेछ भन्ने सबैले बुझेकै तथ्य हो । भौतिक विकासले पानीका स्रोतमात्र दुषित भएका छैनन्, हामीलाई प्रत्येक पल आवश्यक पर्ने हावा पनि दुषित भएको छ । सूर्यका हानिकारक किरणलाई छेक्ने ओजोन तहको प्वाल दिनानुदिन बढ्दो छ । भौतिक विकासका कारण अत्यधिक रूपमा प्रदूषित विश्वलार्इ धर्मो रक्षति रक्षितः, वेदोSखिलो धर्ममूलम्, द्यौः शान्तिः, वसुधैव कुटुम्बकम् जस्ता वैदिक उद्घोषलार्इ केन्द्रविन्दुमा राखेर शिक्षा दिने स्थान गुरुकुल नै भएको हुनाले गुरुकुल शिक्षा र सनातन धर्म एक सिक्काका दुर्इ पाटा हुन् भन्दा अतिशयोक्ति नहोला ।

७. उपनिषद्, नैतिक शिक्षा र गुरुकुल

उपनिषद् शब्द उप+नि पूर्वक सद् धातुबाट क्विप् प्रत्यय लागेर बनेको हो । अर्थात् उप+नि+सद्+क्विप् = उपनिषद् । यस व्युत्पत्ति अनुसारको अर्थ हुन्छ – सम्पूर्ण अनर्थलार्इ पैदा गर्ने सांसारिक क्रियाकलापलार्इ उपनिसदले नाश गर्छ, संसारको कारणस्वरूप अविद्यालार्इ शिथिल तुल्याउँछ वा समाप्त पार्दछ र ब्रह्मज्ञान प्राप्त गराउँछ । यसको अर्को व्युत्पत्ति यसप्रकार रहेको छ – उप समीपे ज्ञान प्राप्त्यर्थं निषीदति इति उपनिषद् (अर्थात् मुमुक्षु शिष्य अफ्ना गुरुका समीप ज्ञान प्रप्त गर्नका लागि बस्नु वा संलग्न हुनु) । यसरी हेर्दा उपनिषद् नै गुरुकुल र गुरुकुल नै उपनिषद् रहेको देखिन्छ । उपनिषद्ले दिने शिक्षाका केही उदाहरणहरू यसप्रकार छन् –

  • मा गृधः कस्यस्विद्धनम्

कसैको पनि धन प्राप्त गर्ने आसक्ति नगर  (र्इसावास्योपनिषद् मन्त्र १)।

  • सत्यं वद । धर्मं चर । स्वाध्यायान्मा प्रमद –

सदा सत्य बोलधर्मको आचरण गरस्वाध्यायबाट कहिल्यै विमुख नहोउ (तैत्तिरीयोपनिषद् अनुवाक् ११) ।

  • मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव

मातालार्इ देवता मान, पितालार्इ देवता मान, गुरुलार्इ देवता मान, अतिथिलार्इ देवता मान (एैजन, ऐजन) ।

  • यानि अवद्यानि कर्माणि तानि सेवितव्यानि नो इतराणि

निर्दोष कर्म गर्ने गर, दोषयुक्त कर्म नगर (ऐजन, ऐजन) ।

  • विद्ययामृतमश्नुते

विद्याद्वारा अमृतको प्रप्ति हुन्छ (र्इसावास्योपनिषद् मन्त्र ११)

  • उत्तिष्ठत जाग्रत वरान्निबोधत

उठ, जाग र श्रेष्ठ वर पाएर परमात्मालार्इ जान (कठोपनिषद् वल्ली ३, मन्त्र   १४)

  • सह नाववतु सह नौ भुनक्तु सहवीर्यंकरवावहै । तेजस्विनावधीतमस्तु मा विद्विसावहै –

हे परमात्मा हामी दुबै गुरुशिष्यलार्इ एकै साथ रक्षा गर्नुहोस्, पालन गर्नुहोस् । हामी दुबैले एकैसाथ बल प्राप्त गरौं । हामी दुबैले अध्ययन गरेको विद्या तेजिलो होस् । हामीमा द्वेष नहोस् (कठोपनिषद् शान्ति पाठ)

  • सत्यमेव जयते नानृतम् –

सत्यको नै विजय हुन्छ असत्यको होइन (मुण्डकोपनिषद् तृतीय)

८. उपनिषद्बारे केही पाश्चात्य विद्वान्हरूको दृष्टिकोण

  • हामी पूर्वीय सभ्यताप्रति चिर ऋणी छौं किनकि उनीहरूले हामीलार्इ गणित सिकाए, त्यसका अभावमा कुनै सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन (महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन (थ्योरी अन रिलेटिभिटी अर्थात् सापेक्षतावादका आविष्कारक) ।
  • युरोपेलीहरुको उच्चतम् दर्शन पनि वेदान्तको तुलनामा एउटा निस्तेज फिलिङ्गो जस्तोमात्र देखिन्छ (जर्मनीका महान् विद्वान्, कवि तथा समालोचक स्लेगेल) ।
  • कुनै पनि मानवभाषामा विद्यमान सर्वाधिक उदात्त एवं म्भीरम एक मात्र गीत गीता नै हो (जर्मनीका दार्शनिक, प्रतिभाशाली भाषा वैज्ञानिक र स्रष्टा विलहेल्म भोन हुम्बोल्ट) ।
  • वेदमा आजसम्म लेखिएका कुराले अत्यन्तै बिशुद्ध रुपमा अनन्त सत्यलाई प्रस्तुत गर्दछन् । तिनै वेदले मलाई सर्वप्रथम भारत वर्ष पुर्याए । तिनैले मलाई त्यहा अड्याए र तिनले मलाई अझै तानिरहन्छन् (क्यानडाका प्रसिद्द् पत्रकार, समालोचक, उपन्यासकार तथा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पौल विलियम रोबर्ट्स्) ।
  • प्रत्येक बिहान म आफ्नो विचारशक्तिले भगवद्गीताको भव्य र विश्वोत्पत्ति विषयक ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु । त्यतिखेर यसका तुलनामा आधुनिक जगत् र यसक साहित्य अत्यन्तै निरीह र तुच्छ लाग्दछन् । वेदको एउटा ऋचा पनि म्यास्याचुसेट्स राज्यभन्दा अनेकौं गुणा ठूलो हुन्छ (लेखक, समाजशास्त्री एवम् अध्यात्मवादी चिन्तक एवं दार्शनिक हेन्री डचाभिड थोरो) ।
  • सम्पूर्ण विश्वमा त्यस्तो प्रकारको संरचना कतै छैन, जसभित्र हामीले चैतन्यलाई बहुल स्वरुपमा पाउछौ (क्वान्टम फिजिक्सका पिता बीसौं शताब्दीका एक महान् अष्ट्रियन भौतिकशास्त्री आर्बिन श्रोडिङ्गर)
  • भागवद्गीता र उपनिषद्का अंशहरु र पतञ्जलीको योगसूत्रमा डुब्दै थिए भने गीता मेरा लागि अत्यन्तै प्रिय ठहरिएको थियो । (कवि, लेखक मेरिया क्रिस्टिना बेजार, फिलिपिन्स) ।

९. गुरुकुल र हारविहार

येनकेन प्रकारेण पेट भर्नु मात्र मानवको उद्देश्य होइन । आहार, निद्रा, भय, मैथुन  जस्ता विशेषताहरू पशुप्राणीमा समेत रहेको छ । कुनै प्रकारबाट आहार प्राप्त गर्नु  उनीहरूको अभीष्ट हो । यावत् प्राणीमा जीवन बाँच्नका लागि अदम्य इच्छा रहन्छ, तर खान नपाएर मर्न लाग्दा पनि शाकाहारी पशुले मासु खाँदैन । हामीले जानेबुझेको कुरा हो विश्वका जीवजन्तु, कीटपतङ्ग सबैले जीवनलार्इ बचाइराख्न मानिसले प्रयोग गरेका कीटनाशक औषधिका विरुद्ध प्रतिकार शक्ति उत्पन्न गर्छन् । रोगका सूक्ष्मातिसूक्ष्म जीवाणु (Bacteria) ले पनि केही समयपछि रोग प्रतिरोधक दबाइका विरुद्ध जीवन बचाउने तरिका खोज्छन् र विष पनि सजिलै पचाइदिन्छन् । यो तिनको अदम्य जिजीविषाको परिणाम हो । यहाँ सबैले बाच्न चाहेको, कसैले पनि मर्न नचाहेको देखिन्छ । यसरी हेर्दा प्राण बचाउनका लागि संघर्षरत पशुहरूलार्इ स्वादका लागि मात्र हत्या गर्नु क्रूरता र विकृतिको पराकाष्ठाबाहेक अन्य केही पनि देखिंदैन, त्यसैले गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरूलार्इ दुध, फल तथा शुद्ध शाकाहारी भोजन गराइन्छ । मद्य, मांस, धुम्रपान जस्ता आमिषजन्य वस्तुहरू अत्यन्त कडाइका साथ बर्जित गरिएका हुन्छन् यस संस्थामा । सादा जीवन उच्च विचारलार्इ गुरुकुलका आचार्य तथा विद्यार्थीहरूले पूर्णरूपेण परिपालन गर्नुपर्छ र गरेका हुन्छन् ।  हाम्रा पूर्वीय मनीषिहरूले आहार शुद्धौ सत्त्वशुद्धिः भनेर गरेको उद्घोषलार्इ अहिले आएर विज्ञानले समेत अनुसरण गरेपछि सात्विक भोजनको महत्त्व र गरिमा चुलिंदै गएको छ । तुलनात्मक रूपमा शाकाहार गर्ने मानिस  मांसाहार गर्ने मानिस भन्दा अधिकतम स्वस्थ र दीर्घजीवी भएको छ र हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ ।

शाकाहारीहरूमा मुटुसमबन्धी रोग कम हुने गरेको र उनीहरूमा कोलेस्ट« तथा कम घनत्व भएको लायप्रोटिन कोलेस्ट«को मात्रा सामान्यतया कम हुने गरेको पाइन्छ । अर्को कुरा शाकाहारीहरूमा उच्च रक्तचापको सम्भावना मांसाहारीहरूमा भन्दा कम हुनेगरेको र ठुलो अन्द्राको क्यान्सरको संभावना पनि कम हुने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ, किनभने शाकाहारीहरू रेसायुक्त फल तथा सब्जीको अधिक प्रयोग गर्दछन् । वैज्ञानिकहरूले विश्वभरिको तथ्याङ्कबाट पुष्टि गरेका छन् वनस्पतिमा आधारित भोजन गर्ने मानिसहरूमा स्तन क्यान्सरको संभावना पनि कम देखिएको छ । आहार विशेषज्ञ भारतीय डाक्टर भुवनेश्वरी गुप्ता भन्छिन् – शरीरका लागि शाकाहारी भोजन सबै भन्दा उत्तम हो । उनका विचारमा भारतमा ह्दयसँग सम्बन्धित मधुमेह, क्यान्सर अन्य रोगहरूको दिनप्रतिदिन बृद्धि भइरहेको छ । यसको प्रमुख कारण अंड, मांस डेरीका उत्पादनहरु ( नौनी, पनीर तथा आइसक्रि दि) को बढी खपत हुनु रहेको छ । विश्व खाद्य तथा कृषि संगठनले दिएको रिपोर्ट अनुसार आज पर्यावरणको गंभीर समस्या देखापर्नुमा मांस उद्योग नै प्रमुख कारण रहेको छ । एकजना वैज्ञानिकले भनेका छन्- एक शाकाहारी व्यक्तिले एक वर्षमा २०० पशुहरूको ज्यान बचाउन सक्छ । उत्तरी अमेरिकाको शाकाहार सोसाइटीले शाकाहारी जीवन शैलीलार्इ बढ़ावा दिनका लागि १९७७ एक अक्टुबरका दिन शाकाहार दिवस मनाउन शुरूआत गरेको थियो । पछि त्यसलार्इ अंतरराष्ट्रिय शाकाहार संघले पनि समर्थन गर्यो र अद्यावधि प्रत्येक साल एक अक्टुबरका दिन अंतर्राष्ट्रिय शाकाहार दिवस  मनाइँदै आएको छ ।

अब हेरौं शाकाहारका प्रमुख विशेषताहरू :

१. हृदयमा दयाभावको उपस्थिति,

२. विश्व शान्तिको भावोत्पत्ति,

३. हिंसाको अल्पीकरण तथा अहिंसाको सोपान,

४. महत्त्वपूर्ण प्राथमिक पोषण,

५. स्वस्थ एवं दीर्घ जीवनको आधार,

६. आरोग्य संवर्धनमा सहायक

७. मानवीय जीवन-मूल्यको संरक्षण,

८. पर्यावरणीय सन्तुलनको सर्वोत्तम उपचार,

९. प्राकृतिक संसाधनको सही उपभोग,

१०. नैतिक मूल्य र मान्यताको अनुसरण,

उपर्युक्त कुराहरू गुरुकुल शिक्षा प्रणालीसंग अन्तर्सम्बन्धित छन् ।  यसबाट गुरुकुल शिक्षाको उपादेयता कति रहेछ भन्ने कुरा स्वतः प्रमाणित हुन्छ ।

सन्दर्भ सूची

१.सुवेदी, गुरुप्रसाद (प्र.सं.२०७०), गुरुकुल सन्देश, काठमाडौं : शिक्षाविभाग, गुरुकुल आश्रम शिक्षापरिषद्, नेपाल ।

 

Standard
समालाेचना, Uncategorized

स्मृतिमा पं.कृष्णप्रसाद मिश्र

प्रेमलाल मिश्र र माता भागिरथा मिश्रका पुत्ररत्नका रूपमा वि.सं.१९८५ अाषाढ २५ गतेका शुभ दिनमा छातेढुङ्गा गाविस वडा नं.७ तेह्रथुममा जन्मनुभएका पण्डित कृष्णप्रसाद मिश्र एक ख्यातिप्राप्त विद्वान्का रूपमा प्रतिष्ठापित छन् । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीबाट ज्याेतष तथा कर्मकाण्ड विषयमा शास्त्री परीक्षा उत्तीर्ण गर्नुका साथै अासाम संस्कृत शिक्षा बाेर्डबाट व्याकरण तथा पुराण विषयमा शास्त्री परीक्षा उत्तीर्ण गरी दक्षता प्राप्त गर्नुभएकाे हाे । प्रतिभा र व्युत्पत्ति दुबै भएका मिश्र उत्कृष्ट कथावाचकका रूपमा परिचित छन् । जीवनकाे पूर्वार्धमा शिक्षा र समाज सेवामा समर्पित मिश्र  जीवनकाे उत्तरार्ध प्रारम्भ सँगसँगै सक्रिय धार्मिक व्यक्तित्वका रूपमा प्रतिष्ठापित भए ।

अहिलेका तथाकथित व्यासाचार्य जस्ता नभएर वास्तवमै उत्कृष्ठ व्यासाचार्यका रूपमा अाफ्नाे प्रतिष्ठा काम गर्न सफल कृष्णप्रसाद मिश्रलार्इ कुनै विद्वान्ले पनि खाेट लाउन र सकेनन् र उछिन्न पनि ।

Standard
Literature

स्वच्छन्दतावाद (Romanticism)

स्वच्छन्दतावाद (Romanticism), अन्य नाम: (रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौं शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ ।

परिचय

Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इ रोमान्स भानिन्थियो । यस्ता कृतिहरू हल्का, घटिया, असत्य र काल्पनिक हुन्थे । त्यसपछि प्रचीन फ्रान्सेली भाषामा romanz शब्दको प्रयोग पल्पित, असम्भव, वीरतापूर्ण, प्रेमविषयक उपन्यास वा कलाका लागि गर्न थालिएको देखिन्छ । सत्रौ शताब्दीको बेलायतमा पनि यसको प्रयोग कल्पनाप्रधान, हीन तथा असत्यकै सन्दर्भमा भएको पाइन्छ । अठारौ शताब्दीमा प्रथम पटक यसकाे अर्थ भावुकता, चारुत्व, रमणीयता, रोचकता तथा कल्पनाले युक्त रचनाहरूका लागि गरिएकाे देखिन्छ । स्वच्छन्दतावादका अनेक परिभाषा पाइन्छन् । तिनमध्ये केही परिभाषा यसप्रकार छन् :

१. अंग्रेजी साहित्यका आधुनिक इतिहासकार एमिल लेगुर्इ तथा कजामिया – ”परम्परावादी कलाका विरुद्ध नवान्मेषकारी सौन्दर्य शास्त्रीय सिद्धान्त नै स्वच्छन्दतावाद हो” ।
२. वाल्टरपेटर – ”अद्भूत र सुन्दरताकाे भव्य मिश्रण स्वच्छन्दतावाद हो” ।
३. एवरक्रम्बे – ”स्वच्छन्दतावाद भनेकाे बाह्य अनुभवबाट आन्तरिक अनुभूतितर्फको प्रयाण हो” ।

प्रवर्तन र विकास

स्वच्छदतावादमा जर्मन अात्मवादि तथा भाववादी दर्शनकाे गहिरा प्रभाव परेको देखिन्छ । यस दर्शनका प्रवर्तक हिगेल र सिलर मानिन्छन् । हिगेलका अनुसार साहित्य सिर्जनाको प्रक्रिया जडबाट चेतनतिरको यात्रा हो र चेतन वा बुद्धि अमूर्त, सार्वभौम, विशुद्ध र परम चैतन्यमय हुन्छ । हेगेलले स्वछन्दतालार्इ भौतिकवादमाथि आत्मवादको विजय मानेका छन् ।

स्वच्छन्दतावादमा फ्रान्सेली क्रान्ति (१७८९)काे पनि उत्तिकै गहिरो प्रभाव परेको छ । ज्याँ ज्याक रुसाेका विचारधाराले एकातिर क्रान्तिका लागि सहयाेगी वातावरण तयार पार्न सक्रिय भूमिका निर्वाह गरेकाे पाइन्छ भने अर्कातिर स्वच्छन्दतावादी सर्जकहरूलार्इ बाैद्धिक, सैद्धान्तिक र भावनात्मक रूपमा प्रभाव पारेकाे देखिन्छ । अमेरिका र बेलायतमा यसकाे विकास तीव्र रूपमा भएकाे छ । बेलायतमा स्वच्छन्दतावादी कविहरूकाे दुर्इ पुस्ताले यस विचार धाराकाे संवर्द्धन गरेकाे देखिन्छ । पहिलाे पुस्ताका विलियम ब्लेक, विलियम वर्डस्वर्थ, कलरिज, समालाेचक चार्ल्स ल्याम्ब उपन्यासकार जेन अस्टिन, वाल्टर स्कट अादि र दाेस्राे पुस्ताका लर्ड वाइन, जर्ज गर्डन, म्यारी सेली|सेली, जाेन किट्स तथा गद्य लेखक विलियम ह्याज्लिट अादिकाे महत्त्वपूर्ण भूमिका रहेकाे छ ।

विकासका चरणहरू

स्वच्छन्दतावाद मुख्य रूपमा सन् १७९८ बाट सुरु भर्इ सन् १८३० तिर समाप्त हुन पुगेकाे देखिन्छ । लगभग तिन दशककाे यसकाे समयावधिलार्इ निम्नलिखित दुर्इ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ
पहिलाे चरण
यस चरणलार्इ पूर्व स्वच्छन्दतावादी युग पनि भनिन्छ । अठाराैं शताब्दीकाे मध्यतिर अंग्रेजी कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएकाे मानिन्छ ।
यस अवधिका वर्न्स, पर्सी, वार्टन अादिका कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएकाे छ ।

दाेस्राे चरण

साहित्यमा स्वच्छन्दतावादकाे खास प्रवर्तन ”’Lyrical Ballads”’ (१७९८) बाट सुरु भएकाे देखिन्छ । सन् १८०० मा प्रकाशित यसकाे भूमिकालार्इ स्वच्छन्दतावादकाे घाेषणा पत्र मानिन्छ । यस धाराकाे प्रतिनिधित्व बेलायतमा विलियम ब्लेक, वर्डस्वर्थ, कलरिज अादिले गरेकाे देखिन्छ भने अमेरिकामा राल्फ वाल्डाे, इमरसन, एडगर एलेन पाे अादिले गरेकाे पाइन्छ । त्यस्तै रुसमा अलेक्जेन्डर पुस्किन समेतले यस वादकाे प्रतिनिधित्व गरेका छन् । यसरी हेर्दा पश्चिमी साहित्यमा स्वच्छन्दतावादकाे अधिक प्रभाव कवितामा परेकाे देखिन्छ ।

प्रमुख मान्यता

स्वच्छन्दतावादका प्रमुख मान्यतालार्इ माेटामाेटी रूपमा निम्नानुसार अध्ययन गर्न सकिन्छ ः

१. वैयक्तिकता ः (स्वकाे अभिव्यञ्जना, व्यक्तिवादी काव्य चिन्तन, रचनामा निजी विषयवस्तुकाे अभिव्यक्ति) ।
२. काल्पनिकता ः (यथार्थ जगत्बाट पलायन, काल्पनिक जगत्काे विचरण, साैन्दर्य प्रेम, प्रकृति प्रेम, प्रकृतिमा र्इश्वरीय सत्ताकाे अवलाेकन अादि) ।
३. विद्राेहात्मकता ः (अभिजात्य विषय, व्यक्ति परम्परा, शास्त्रीयता अादिकाे विराेध) ।
४. भावुकता ः (कृतिमा भावनाकाे प्रधानता) ।
५. अद्भूतता ः ( विशेष गरी कृतिमा प्राकृतिक अद्भूतताकाे चित्रण) ।
६. कृत्रिमताबाट मुक्ति ।
७. साङ्गीतिकता ।
८. मानवतावादी दृष्टिकाेण

नेपाली साहित्यमा स्वच्छन्दतावादकाे प्रयाेग

नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवेश वि.सं.१९९१ मा भएकाे हाे । रिष्कारवादकाे विपरित रूपमा अाएकाे याे प्रवृत्ति नेपाली साहित्यमा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेकाे देखिन्छ । यसकाे प्रथम प्रयाेग नेपाली कविताबाट भएकाे पाइन्छ । यसका प्रथम प्रयाेक्ता लक्ष्मीप्रसाद देवकाेटा हुन्, त्यसैले उनलार्इ नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवर्तक मानिन्छ ।

यस प्रवृत्तिलार्इ अँगाली महाकाव्य, खण्डकाव्य, प्रगीतात्मक संरचनायुक्त काव्यकृतिहरू सिर्जना गर्नेहरूमा लक्ष्मीप्रसाद देवकाेटा, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, गाेपालप्रसाद रिमाल, केदारमान व्यथित, हरिभक्त कटुवाल, अमरसिंह गिरी अादी कविहरू महत्त्वपूर्ण मानिन्छन् ।

साहित्यकाे गद्य विधातर्फ विशेष गरी अाख्यानमा स्वच्छन्दतावादले स्थान पाएकाे देखिन्छ । रूपनारायण सिंहकाे भ्रमर उपन्यास (१९९३) काे प्रकाशन पछि स्वच्छन्दतावाद एउटा मुख्य धाराका रूपमा देखा परेकाे हाे । यस प्रवृत्तिलार्इ अागाली उपन्यास तथा कथा लेख्ने अन्य लेखकहरूमा अच्छा रार्इ रसिक, शिवकुमार रार्इ, कृष्णसिंह माेक्तान, रवीन्द्र माेक्तान, भवानी भिक्षु अादि प्रमुख रूपमा रहेका खेखिन्छन् ।

परिष्कारवादी नियमकाे कठाेर बन्धनलार्इ पन्छाएर अघि बढेकाे स्वच्छन्दतावादी अवधिलार्इ नेपाली साहित्यकाे स्वर्णयुग मानिन्छ ।

सन्दर्भ सामग्रीहरू

Continue reading

Standard